कर फछर्यौट आयोगका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब ३३ लाख भ्रष्टाचार गरेको आरोप

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्यौट आयोगका तत्कालीन पदाधिकारीहरु अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्मा ढकालविरुद्ध एक अर्ब, ३३ लाख रुपियाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आन्तरिक राजस्व विभागको तत्कालीन महानिर्देशक समेत रहेका चूडामणि शर्मालाई यसअघि नै पक्राउ गरी मुद्दा चलाइएपनि अध्यक्ष महत र सदस्य ढकाल फरार रहेको भन्दै अख्तियारले सार्वजनिक सूचना समेत प्रकाशित गरेको थियो । आयोगले करदाताहरूको विभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियतपूर्वक भ्रष्टाचार गरेको ठहर गरेको छ ।

कर फछर्यौट आयोग, २०७१ अध्यक्ष महत, सदस्यद्वय ढकाल र शर्माले नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फर्छ्यौट आयोग ऐन, २०३३ ले दिएको अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी नेपाल सरकारलाई प्राप्त हुने ठुलो मात्राको राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको आयोगको दावी छ ।

आरोपित तीनै जनाले कार्य सम्पादन बदनियतपूर्वक गरी व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानिनोक्सानी पुर्‍याएको अनुसन्धानमा खुल्न आएकोले आरोपितहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कारवाही र विगो असुल गर्नु पर्ने माग अख्तियारले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.