डोल्पामा ट्रयाक्टर दुर्घटना,आमाको मृत्यु, दुई बर्षीय छोरा बेपत्ता

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका अन्तर्गत वडा नं १ मा पर्ने हुरीकोटमा ट्रयाक्टर दुर्घटना भएको छ ।

हुरिकोटबाट बालुवा बोकेर सोही गाउँपालिकामा पर्ने माझगाउँतर्फ जाने क्रममा लु ४ त ३२२८ नं ट्रयाक्टर काठेपुल तर्ने क्रममा खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय काइगाउँले जनाएको छ ।

दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना खोलामा बेपत्ता भएकाछन् । दुई जना घाइते छन् ।

दुर्घटनाबाट सोही गाउँपालिका वडा नं ५ बस्ने ३५ बर्षिया सेतु विकको उपचारका क्रममा काईगउँ स्वास्थ्य चौकीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

मृतक बिकको २ बर्षीय छोरा किरण विक पनि खोलामा खसेर बेपत्ता भएको डिएसपी पाण्डेले बताउनुभयो ।

विकको हातखुट्टामा गम्भिर चोट लागेपछि उपचारको लागि काइगउँ स्वास्थ्य चौकीमा पुर्‍याइएको थियो ।
दुर्घटनामा परेर सोही ठेगानाका बर्ष १९ का अबितिर विक र बर्ष ४५ का कुसे बिक सामान्य घाईते भएको र स्वास्थ्य चौकी उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते दुबैको अवस्था सामान्य रहेको र रुकुम पश्चिम चौहरजहारी नगरपालिका बस्ने बर्ष २६ का चालक ठगेन्द्र खत्री फरार रहेको प्रहरीको भनाइ छ ।

चालकको खोजी कार्य हुनुका साथै घटनाका बिषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.