मुस्लिम आयोगका सदस्यको शपथ

काठमाडौं– मुस्लिम आयोगका सदस्य मोहम्मद समशुल हकले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगमा भएको कार्यक्रममा शुक्रबार सदस्य हकलाई शपथ गराउनुभएको हो । समारोहमा आयोगका अध्यक्ष, सदस्यहरु, सचिवलगायतको सहभागिता थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आयोग सदस्य हकलाई संविधानको धारा २६४ को उपधारा २ बमोजिम नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.