अवैद्य बाटोबाट श्रीलंका पुगेका २५ महिलाको एकै दिन उद्दार
काठमाडौं– सरकारले बिहीबार मात्र २५ जना महिलाको उद्दार गरेको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि दिएको जानकारी अनुसार वैदेशिक रोजगारीका लागि गैरकानूनी बाटो हुँदै श्रीलंका पुगेका २६ जना मध्ये एकजनाको भने कोरोना पोजेटिभ देखिएका कारण नेपाल ल्याउन सकिएको छैन । मन्त्रालयले उद्दारको लागि बाँकी एक जनाको भने कोरोना नेगेटिभ आउनेसाथ नेपाल ल्याइने जनाएको छ ।
महिला तथा बालबालिकालाई उद्दार गरिएको छ । अबैध बाटो हुँदै गैरकानुनी रुपमा अनुय मुलुक पुगेका उनीहरुलाई विभिन्न संघ सस्था तथा सरकारको पहलमा उद्दार गरिएको हो ।
प्रतिक्रिया राख्नुहोस्