संबैधानिक इजलासमा आज रिट निवेदक तर्फको बहस सकिँदै

काठमाडौं- प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा आज चौंथो दिनको सुनुवाई हुँदैछ । आज रिट, निवेदकका तर्फबाट बहस गर्ने कानून व्यवसायीको बहस सकिने छ ।

संवैधानिक इजलासले निवेदक तर्फका कानुन व्यवसायीका लागि सुरुवाती बहस गर्न तोकेको १२ घण्टा मध्ये अब, २ घण्टा ३५ मिनेट समय बाँकी छ ।
निवेदक तर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागि थप ३ घण्टा समय पाउनेछन् ।

 

निवेदक तर्फका कानुन व्यवसायीको बहस सकिएपछि सरकार पक्षका कानुन ब्यवसायी र सरकारी वकिलले बहस सुरु गर्नेछन् ।

सभामुख अग्निप्रसाद सापकोटाका कानुन ब्यवसायीसहित सरकार पक्षका कानुन ब्यवसायीलाई बहसका लागि संवैधानिक इजलासले १५ घण्टा समय तोकेको छ ।

काँग्रेस सभापति शेर बहादुर देउवासहित १ सय ४६ जना सांसदको तर्फबाट असार १० मा बरिष्ठ अधिवक्ताहरू रमन कुमार श्रेष्ठ, हरिहर दाहाल, मिथिलेश कुमार सिंह, हरि उप्रेती, शेर बहादुर केसी, वोर्ण बहादुर कार्की, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गर्नुभएको थियो ।

गत शुक्रवार बरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणी पोखरेल, सुनिल पोखरेल, टिकाराम भट्टराई, मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गर्नुभएको थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.