सन्दर्भ :मदन भण्डारीको ७० औँ जन्मजयन्ती

काठमाडौँ- नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीको आज ७० औँ जन्मजयन्तीका अवसरमा नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँको योगदानलाई स्मरण गरिँदैछ ।

जननेताको रुपमा समेत परिचित भण्डारीको जन्म विसं २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई थप संगठित गर्दै नेपाली मौलिकतामा विकास गर्न स्वर्गीय भण्डारीले जनताको बहुदलीय जनवाद- जबज’ को सैद्धान्तिक कार्यक्रमलाई अघि सार्नु भएको थियो ।

‘जबज’ को सैद्धान्तिक कार्यक्रम नेपालको सन्दर्भमा अहिले पनि उत्ति नै सान्दर्भिक मानिएको छ । एक कुशल संगठक तथा सिद्धान्तनिष्ठ र व्यवहारिक नेताका रुपमा स्वर्गीय भण्डारीलाई स्मरण गर्ने गरिन्छ ।

यस अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरिने नेकपा एमालेले जनाएको छ ।

२०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा परी तत्कालीन एमालेका सङ्गठन विभाग प्रमुख जीवराज आश्रितसँगै महासचिव मदन भण्डारीको निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.