कालीगण्डकी–तिनाउ डाइभर्सनको स्थानीय तहमै विवाद सुरु

काठमाडौं– कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनालाई लिएर अहिले स्थानीय तहमा विवाद सुरु भएको छ।

पाल्पाको रामपुर नगरपालिकाले कालीगण्डकीको पानी अयन्त लैजान नदिने भन्दै आयोजनाको विरोध गरेको छ । कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको कार्यालय खुलेसँगै कालीगण्डकीमा पानीजहाज सञ्चालन हुनु स्वागतयोग्य भए पनि पानीलाई अयन्त्र लैजान दिने कुरामा सहमति गर्न नसकिने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

कालीगण्डकी हाम्रो संस्कार, संस्कृति र सभ्यता भएकोले यसलाई डाइभर्सन गर्नु उपयुक्त नभएको भन्दै पाल्पा नगरपालिकाले विरोध जनाएको हो । खासगरी लुम्बिनी प्रदेश र गण्डकी प्रदेश बीचको यो कार्यमा तालमेल नहुँदा रामपुर क्षेत्रका स्थानीय प्रभावित हुने भएकोले यस तर्फ ध्यान दिन स्थानीयले आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.