अदालतको अवहेलना मुद्दामा दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकुव जुमालाई १५ महिना कैद

अदालतको अवहेलना मुद्दामा दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकुव जुमालाई १५ महिना कैद तोकिएको छ ।

फैसला गर्दा अदालतमा अनुपस्थित पूर्व राष्ट्रपति जुमालाई पाँच दिनभित्र नजिकको प्रहरी चौकीमा आत्मसमर्पण गर्न अदालतले आदेश दिएको छ । दक्षिण अफ्रिकी इतिहासमा पूर्व राष्ट्रपतिलाई कैद गरिएको यो पहिलो घटना हो ।

सर्वोच्च अदालतले गठन गरेको भ्रष्टाचार छानबिन आयोगलाई असहयोग गरेर न्याय निरुपण प्रक्रियामा असहयोग गरेको ठहर गर्दै जुमालाई कैद सजाय गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.