उपकुलपतिले मादक पदार्थ सेवन गरेर वार्तामा आएपछि….

धरान– सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षसँगको वार्तामा उपकुलपति डा. ज्ञानेन्द्र गिरी रक्सी पिएको असामान्य अवस्थामा भेटिएपछि तनावग्रस्त बनेको छ ।

मंगलबार बेलुकासंयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएका उपकुलपति डा. गिरी मादकपदार्थ पिएको जस्तो असामान्य अवस्थामा बोल्न थालेपछि संघर्ष समितिले वार्ता छोडेको थियो । वार्तामा बोलाएर रक्सी पिएर उपकुलपति आएको र अन्य पदाधिकारीहरु रमिते बनेको भन्दै आन्दोलनरत चिकित्सक, कर्मचारी तथाविद्यार्थीहरु आक्रोशित छन् ।

आन्दोलनकारीहरुले उपकुलपतिको मेडिकल जाँचगर्नुपर्ने र उपकुलपति सहित चारै जना पदाधिकारीहरुको राजिनामा वा बर्खास्त नभएसम्म आन्दोलन नरोकिने संयुक्त संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले बताउनुभयो । आन्दोलनरत चिकित्सक तथा कर्मचारीले रातभर मोबाइलको लाइट बालेर विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.