राष्ट्रिय सभा अधिवेशन आजदेखि

काठमाडौं– सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि शुरु हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा९१० बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा आज अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रियसभामा हाल १९ वटा विधेयकहरु रहेको र यो अधिवेशनमा ती विधेयकका साथसाथै समितिका प्रतिवेदनहरू र संवैधानिक निकायबाट आएका पत्रहरू प्रस्तुत हुने छन् । अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरू पेश गर्नुपर्ने नियमावलीको व्यवस्थाअनुसार अध्यादेशहरू पेश गरिने कार्यसूची तय भएको छ । राष्ट्रियसभा बैठकमा सहभागी हुने सदस्यहरुको कोरोना परीक्षणका लागि एन्टीजेन परीक्षण पनि गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.