देशभर वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकोले विभिन्न ठाउँमा वर्षा भएको हो

काठमाडौं– देशभर सामान्य देखि पूर्ण बदली रही धेरैजसो ठाउँमा पानी परिरहेको छ ।

प्रदेश १,र २, बागमती तथा गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम तथा एक/दुई स्थानमा भने मेघगर्जन/चट्याङ्गसहित भारी वर्षा भइरहेको छ। यस्तै बाँकी प्रदेशका एक/दुई स्थानमा समेत अहिले हल्का वर्षा भइरहेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकोले विभिन्न ठाउँमा वर्षा भएको हो । देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेकोले वर्षा भएको हो । खासगरी पहाड, नदी किनारा तथा होचो भागमा वर्षाका कारण बाढी पहिरो तथा डुवानको समस्या हुनसक्ने भएकाले सचेत र सतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.