वर्षा, बाढी र पहिरो (फोटो फिचर)

काठमाडौं– देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा पानी परिरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकोले विभिन्न ठाउँमा वर्षा भएको हो ।

देशको तराई भू(भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकोले वर्षा भएको हो । खासगरी पहाड, नदी किनारा तथा होचो भागमा वर्षाका कारण बाढी पहिरो तथा डुवानको समस्या हुनसक्ने भएकाले सचेत र सतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बुधबार साँझदेखि परेको अविरल वर्षापछि गएको पहिरोले ठाउँ ठाउँमा राजमार्गहरु अबरुद्ध भएका छन् ।

यसैगरी नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।

लगातार भइरहेको वार्ताका कारण पोखरा महानगरपालिकाका विभिन्न क्षेत्र पानीको ढुवानमा परेका छन् । काभ्रेलगायतका जिल्लामा पनि बाढीको प्रभाव परेको छ ।

तस्बिरहरुः देवराज केसी, उज्वल पौडेल, शिव सिलवाल

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.