पत्रकारलाई धम्की दिइएकामा चौतारीको विरोध

काठमाडौं- प्रेस चौतारी नेपालले चौतारीका कर्णाली प्रदेश कमिटीका सदस्य एव संसदीय मामिला पत्रकार समाज प्रदेश अध्यक्ष शेरबहादुर थापामाथि समाचार लेखेकै विषयलाई लिएर आइरहेको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार थापालाई नेपाली काँग्रेसका प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको निर्देशनमा बारम्बार यस्तो धम्की आइरहनु अत्यन्तै दुखद र गम्भीर विषय भएको चौतारीका कार्यबाहक महासचिव हीरामान लामाले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । आफू निकटका व्यक्तिलाई उक्साएर शाहीले प्रेस स्वतन्त्रताविरोधी गतिविधि गरेको चौतारीले जनाएको छ ।
‘नेपाल प्रेस डेटकम’मा प्रकाशित ‘सरकारी प्रोडोमा रातो नम्बर प्लेट ः काँग्रेस नेतालाई दिए मुख्यमन्त्रीले गाडी उपहार’ र ‘मन्त्रीहरुले पनि मोटरसाइकल चढ्नुपर्छ भन्दै भाषण गर्ने जीवन शाही अहिले प्राडोमा’ भन्ने शीर्षकको समाचारलाई लिएर पत्रकार थापामाथि ज्यानै लिनेसम्मको धम्की आउनु पत्रकारिता जगतमाथिकै प्रहार भएको चौतारीको भनाइ छ ।

“समाचार चित्त नबुझे खण्डन गर्ने, कानुनी बाटोमा जान सकिने सभ्य तरिका हुँदाहुँदै नेता शाहीले आफ्ना आसेपासे र पालितपोषित व्यक्तिमार्फत गालीगलौज र भौतिक हमलाको धम्की दिने कार्य आफ्नो कुकर्म, अनियमितता र भ्रष्टाचार लुकाउने मुडेबलबाहेक केही हुन सक्दैन ।”विज्ञप्तिमा भनिएको छ, “अझ सार्वजनिक पद धारण गरेका व्यक्तिबाट यस्ता हर्कत हुनु अपराध नै हो । यो कुनै पनि हालतमा क्षम्य हुन सक्दैन । प्रेस जगतलाई धाक, धम्की र त्रास देखाएर आफ्ना गलत र गैरकानुनी क्रियाकलाप ढोकछोप गर्ने प्रवृत्तिविरुद्ध हामी जस्तोसुकै मूल्य चुकाउन तयार छौँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.