एमालेको विपक्षमा अदालतमा हस्ताक्षर गर्नेहरु पार्टीका कार्यकर्ता हुन सक्दैनन्ः प्रधानमन्त्री

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको विपक्षमा अदालतमा हस्ताक्षर गर्नेहरु पार्टीका कार्यकर्ता हुन नसक्ने बताउनु भएको छ ।
बालुवाटारमा शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सर्वोच्च अदालतबाट फैसला आउन्जेल सम्म पनि पार्टीको विपक्षमा हस्ताक्षर कायम राख्नेलाई पार्टी नेता कार्यकर्ता स्वीकार गर्न नसकिने बताउनुभयो । फैसला आउनजेल सम्म पनि कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर कायम राखेलाई कारवाही गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले चालू बैठक नै जेठ २ मा फर्किएको बताउनुहुँदै बैठकमा अनुपस्थित हुने र अर्को पार्टीमा जानेलाई एमालेले नपर्खिने बताउनुभयो ।
यसअघि शनिबार ओलीले नेता नेपाललाई टेलिफोन गरि हस्ताक्षर फिर्ता लिन आग्रह गर्नुभएको थियो । जवाफमा नेपालले ओलीलाई केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गर्नुभएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्