बैतडीको सिगासमा जीप दुर्घटना, २ जनाको मृत्यु, ९ जना घाइते

बैतडी- बैतडीको सिगासमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ९  जना घाइते  भएका छन ।

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्सपेक्टर दर्शन खड्काले जानकारी दिनुभएको छ ।

सिगास गाउँपालिका– ३ बाट डडेल्धुरा तर्फ गईरहेको से १ ज ७३९ नम्बरको जिप लगन भन्ने ठाउँमा आज बिहान ९ बजेर ४० मिनेटमा दुर्घटनामा परेको जिल्ला खड्काले बताउुनययो।

दुर्घटनामा परी सिगास गाउँपालिका– ३ का ४५ बर्षीय मानसिंह साउँद र सोही ठाउँका ६४ बर्षीय रामसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिगास गाउँपालिका– ३ का ४५ बर्षीय जयसिंह धामी, १८ बर्षीय योगेन्द्र धामी, १३ बर्षीय लक्ष्मण बोहरा र ४० बर्षीया गोमती साउँदको अवस्था गम्भीर रहेको छ ।

यस्तै घाइते सिगास गाउँपालिका ३ कै २९ बर्षीय करनसिंह धामी, ४५ बर्षीय दलबीर साउँद, ४० बर्षीय चक्र धामी, ३८ बर्षीय वासमती धामी र ४४ बर्षीय हरिभान धामीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

जीपमा १२ जना सवार रहेका बताइएको छ । घटनास्थलमा पुगेको प्रहरीले घाइतेलाई अस्पताल तर्फ पठाउने काम गरिरहेको छ । जीप चालक १९ बर्षीय खगेन्द्र साउँद भने फरार रहेका प्रहरीले जनाएको छ ।

जीप सडकबाट करीब ५० मिटर तल खसेको इन्सपेक्टर खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.