उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

काठमाडौं– निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाबारे थप निर्णय लिनेछ । निषेधाज्ञा थप खुकुलो बनाउँदै लैजाने तयारी भएको छ ।
गएको साता बसेको बैठकले जोरविजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गरेको थियो ।






प्रतिक्रिया राख्नुहोस्