बारपाक र अजिरकोट जोड्ने पक्की पुलमा क्षति
गोरखा- बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका जोड्ने वालुवास्थित दरौदी खोलामाथि रहेको मोटरेवल पुलमा क्षति पुगेको छ ।
अविरल बर्षाका कारण नदीमा आएको बाढीले वालुवा तर्फको केही भाग कटान गरेको स्थानीयले बताएका छन् ।
उनीहरुका अनुसार अजिरकोट गाउँपालिका तर्फको भाग कटान भएको छ ।
करिव ३० मिटर सडक नदीले कटान गरेपछि पुल र सडकको भाग छुट्टिएर सवारी आवागमन ठप्प भएको बताइएको छ ।
सो पुल हुँदै बारपाक, लाप्राक, गुम्दा लगायतका स्थानीय आउजाउ गर्छन् ।।





प्रतिक्रिया राख्नुहोस्