निषेधाज्ञा १० दिन थप, जोरविजोर प्रणाली हट्यो, सबै यातायात चल्ने

काठमाडौं– काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले जारी निषेधाज्ञा १० दिन थप गरेका छन् ।

जिल्ला प्रशासन कार्याललय काठमाडौंमा बसेको तीनवटा प्रमुख जिल्ला अधिकारीहरु र जिल्लाका सुरक्षा प्रमुहरुको संयुक्त बैठकले यसअघि लागाएका प्रतिवन्धहरु केही खुकुलो बनाउँदै असार मसान्तमा निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । नयाँ आदेश अनुसार सोमबारबाट उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाइएको छ ।

सोमबार पछि सबै निजी तथा सार्वजनिक सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने भएको छ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने यात्रुलाई मास्क अनिवार्य गरिएको छ । यसैगरी पसल खोल्ने समय पनि बढाइएको छ । अब सबै पसल साँझ ६ बजेसम्म खुला गर्न पाइनेछ । व्यवसाय सञ्चालन गर्दा दुई मिटरको भौतिक दुरी, स्यानिटाइजर, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । यसअघि दूध फलफूल, खाद्यान्नबाहेकका पसलहरु बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म मात्र खुला गर्न पाइने व्यवस्था थियो ।

स्थानीय प्रशासनका अनुसार सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, नाचघर, क्लब, मनोरञ्जन स्थाल, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र भीडभाड हुने कार्यक्रम गर्न पाइने छैन । खुला स्थानमा भेला हुने, सभा जुलुस गर्न, महोत्सव, जात्रा, भोज भतेर गर्न पनिरोक लगाइएको छ ।

विवाह ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने साँस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न पाइने छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.