२० दिनमा बाढी र पहिरोमा परेर ३९ जनाको मृत्यु

काठमाडौं– गएको २० दिनमा बाढी र पहिरोमा परेर ३९ जनाको मृत्यु भएको छ ।

वर्षाका कारण २ सय २६ स्थानमा गएको बाढी र पहिरोमा परी अहिलेसम्म ३१ जना बेपत्ता भएका छन् भने ४६ जना घाइते भएका छन् ।

गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको विवरण अनुसार २५ वटा हाइड्रो, १४ वटा पक्की पुल, २२ वटा झोलुङ्गे पुल, ३६ वटा सरकारी कार्यालय, ९ वटा विद्यालय, २ वटा बैंक तथा वितिय सस्था, ७ वटा मोटरेबल पुलमा क्षति पुगेको छ ।

त्यस्तै पाँच सय पाँच वटा निजी घर पूर्ण रुपमा क्षति भएका छन् भने एक सय १२ वटा घरमा आंशिक क्षति पुगेको छ । बाढी र पहिरोका कारण कतिपय स्थानमा राजमार्ग समेत अबरुद्ध भएका छन् । गृह मन्त्रालयले अबरुद्ध भएका सडक खुलाउने काम पनि धमाधम भइरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.