एमाले प्रवेश गरेपछि कारबाही परेका जनप्रतिनिधिको धमाधम पुनर्वहाली

काठमाडौं– एमाले प्रवेश गरेपछि कारबाही परेका जनप्रतिनिधिको धमाधम पुनर्वहाली भइरहेको छ । माओवादीले विभिन्न जिल्लाका १४ जनप्रतिनिधिलाई कारवाही गरी पदमुक्त गराएका थि

माओवादीको कारवाहीका आधारमा निर्वाचन आयोगबाट पदमुक्त भएका रौतहटको विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई सर्वोच्च अदालतले पुनर्वहाली गरेको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले फतुवा विजयपुर नगरपालिकाकी उपमेयर कान्तिदेवी महतो, मौलापुर नगरपालिका उपमेयर गौरीशंकर जयसवाल र देवाही गोनाही नगरपालिकाका उपमेयर परनीयादेवी पटेललाई अन्तरिम आदेश जारी गर्दै पुनर्वहाली गरेको छ । यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साह र माधवनारायणपुर नगरपालिकाकी उपमेयर सिम साहलाई पनि अदालतले पुनर्वहाली गरेको छ ।

पदमुक्त भएका मौलापुरकी मेयर रिनाकुमारी साह र कटहरियाका मेयर सियाराम कुशवाह यसअघि नै पुनर्वहाली हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.