मुग्लिन-नारायणगढ सडकखण्ड आजपनि अबरुद्ध

काठमाडौँ- अविरल वर्षाका कारण गएरातिदेखि अवरुद्ध पृथ्वी राजमार्गको नारायणगढ मुग्लिन सडक खण्ड आज पनि बन्द छ ।

ठाउँ ठाउँमा पहिरो गएको र ठुलो ढुङ्गा फुटाउन समस्या भएकोले आज दिनभर पनि सडक खुल्न नसक्ने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

सडकखन्ड बन्द हुँदा आज दिनभर पनि यातायात सेवा प्रभावित हुने भएको छ ।

पृथ्वी राजमार्गको एक दर्जन स्थानहरुमा सडक भासीएको छ । जस्का कारण धेरै स्थानहरुमा सवारी साधनहरु एकतर्फि मात्र संञ्चालनमा आएको छ ।

फिस्लीङ बजार नजिक करिव एक सय मिटर सडक भासिएर भत्किएको छ भने जोगीमाराको हुग्दी खोला नजिक पनि सडक भासिएको छ ।

बेनीघाट बजार नजिक र गजुरी र बैरेनी खण्डमा पनी सडक भासिएको छ । त्रिशुली नदीको वहाव निकै बढेकोले पनि राजमार्गमा क्षती पुगेको अधिकारीहरुले बताएका छन ।

सडकखन्डको सेतिदोभान भन्ने स्थानमा माटो र ढुंगा सहितको पहिरो आएकोमा डोजरले सफा गर्दा पनि लगातार झरिरहेकोले सवारी आवागमनमा अवरोध आएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.