बेलायतमा लकडाउन हटाउने तयारी

लन्डन– बेलायतले कोरोना भाइरसको संक्रमणका कारण लामो समयदेखि लगाइएका विभिन्न मोडेलका लकडाउनबाट मुलुकलाई बाहिर निकाल्ने अन्तिम रोडम्यापको तयारी थालेको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी सोमबार पत्रकार सम्मेलन गरेर यस विषयमा जानकारी गराउने अनुमान गरिएको छ । सामाजिक दूरी कायम, अनुहार ढाक्ने र घरबाट काम गर्ने लगायतका विषयमा ध्यान दिंदै जनजीवन सामान्य बनाउने तयारी गरिएको छ । बेलायती प्रधानमन्त्री जोनसनले भाइरससँगै जीवन जीउन सिक्नुपर्ने बताउनु भएको छ ।

लेबर पार्टीका स्वास्थ्य सचिवले कुन तहको मृत्युदर छ र लामो समयसम्म असर रहने लङ कोभिडको अवस्थाका बारेमा जानकारी माग गर्नुभयो । बेलायतमा नयाँ भेरियन्ट देखिनुका साथै संक्रमण दर पनि बढेको छ । बेलायतका स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डका आआफ्नै कोभिड सम्बन्धी नियम रहेका छन् । स्कटिस सरकारले आगामी अगस्टपछि मात्रै लकडाउन हटाउने विषयमा समीक्षा गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.