नेपालमा कोरोना संक्रमण दर अझै घटेन, मृत्युमा भने कमी

काठमाडौं– नेपालमा कोरोना संक्रमण दर अझै स्थिर अवस्थामा रहेको छ । तर, मत्युमा भने कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ११५२७ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा २६२२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार थप २३ जनाको मृत्यु भएको छ ।
२४ घण्टामा २२११ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा निको हुने दर ९४ दशमलव ६ प्रतिशत रहेको छ भने हालसम्म ९२४८ जनाको मृत्यु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्