आन्तरिक विवाद समाधानका लागि बनेको एमाले कार्यदलको बैठक आज बस्दै

काठमाडौँ- नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि बनेको कार्यदलको बैठक आज पनि बस्दै छ ।

लामो समयको अन्तरालपछि सहमति पहिल्याउने उद्धेश्यले कार्यदलको बैठक फेरि बस्न थालेको हो ।

प्रतिनिधिसभा विघटनपछि कार्यदलमा रहेका भीम रावल लगायतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि निष्कृय बनेको कार्यदल पुन: सकृय बनेको हो ।

हिजो बसेको बैठकमा ठोस विषयमा कुराकानी नभई आज बस्ने गरी सकिएको जानकारी नेताहरुले दिनु भयो ।

पार्टी भित्र विवाद भएका बिषयहरुमा बुदाँगत रुपमा छलफल गर्ने सहमति भएको नेता भिम रावल र गोकर्ण बिष्टले जानकारी दिनुभयो । बैठकमा पुराना कुरा नगरेको र छलफल नयाँ शिराबाट सुरु गरिएको जानकारी पनि उहाँहरुले दिनुभयो ।

पार्टी विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली पक्षबाट ५ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट ५ गरी १० सदस्यीय कार्यदल बनाइएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.