माओवादी केन्द्र खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाडौं– नेकपा माओवादी केन्द्र दल खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

संविधान र प्रचलित कानून अनुसार माओवादी केन्द्रले बैधानिकता गुमाइसकेको भन्दै अधिवक्ता सरोज बुढाथोकीले माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा निवेदन दर्ता गराउनुभएको हो । उक्त दलले २०६९ सालदेखि कुनै महाअधिवेशन नगरेको र राजनीतिक दल सम्वन्धी ऐन २०७३ अनुसार आयोगलाई बुझाउनु पर्ने विवरणहरु प्रतिवेदन नबुझाएकाले संविधान वा संघीय कानून बमोजिम दल दर्ता कायम रहन नसक्ने निवेदकको जिकीर छ ।

माओवादी केन्द्र खारेजीको माग गर्दै निवेदकले गरेको दावीमा आयोगले अध्ययन गरी थप कागजात आवश्यक भएमा माग्ने र अध्ययनपछि मात्र कारवाही हुने नहुने विषय टुङ्गो लाग्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.