आजका आठ तस्वीर

तनहुँको भिमाद नगरपालिका–३ स्थित गैरीखेतमा रोपाइँ गर्दै महिला । कृषकलाई यतिबेला रोपाइँको चटारो छ ।
बागलुङ नगरपालिका–१ रामरेखास्थित शहीद पार्क वन विभाग र बागलुङ नगरपालिकाको साझेदारीमा रु ४० लाखको लागतमा शौन्दर्यकरण गरिँदै ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङमा गाउँमा जाने बोटोमा याङमा खोला तर्नका लागि बनाएको काठेपुल ।
नलगाड जलविद्युत आयोजनाको (४१७ मेघावाट) बाँध स्थल बारेकोट गाउँपालिका–८ अधेरीखोला । यहाँको सबै भू–भागको मुआव्जा वितरण भइ नयाँ घर निर्माण गर्न प्रतिबन्ध लगाएको छ ।

बारेकोट गाउँपालिका–४ चौथारी पाटनमा लगिँदै गरेका भैँसीहरु । यहाँका अधिकांश पशुपालक कृषकहरु वर्षायाममा पशुपालन तथा जडीवुटी सङ्कलन गर्न पाटन जाने गर्दछन् ।

पोखरा महानगरपालिका वडा नं ११ काँहु डाडाबाट देखिएको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल ।
पोखरा महानगरपालिका– १७ छोरेपाटनमा अवस्थित पर्यटकीयस्थल डेभिड फल्स (पातले छाँगो) मा कोरोना भाइरस न्यूनीकरण गर्न सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो भए पनि सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.