हुम्लामा पहिलोपटक अनलाइन माध्यमबाट पठनपाठनको अभ्यास

हुम्ला- हुम्लामा पहिलोपटक अनलाइन माध्यमबाट पठनपाठनको अभ्यास सुरु भएको छ । सदरमुकाम सिमकोटमा रहेको निजि कैलाश बोधि स्कुलले पहिलो अभ्यास सुरू गरेको हो ।

कोभिड-१९ संक्रमणको दोश्रो लहर फैलिंदै गएपछि जिल्लाका सम्पूर्ण विद्यालय बन्द छन् । सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठन-पाठन लामो समयदेखि बन्द छन् ।

जिल्लामा पहिलोपटक अनलाइन माध्यम सुरू गरेका कैलाश बोधि विद्यालयका प्रधानध्यापक छवाङ लामाले अनलाईन कक्षा प्रभावकारी रहेको जानकारी दिनुभयो ।

वैकल्पिक माध्यम अनलाइनबाट कक्षा पाँचदेखि कक्षा आठसम्मको सुरू गरेको विद्यालयका प्रधानध्यापक लामाको भनाई छ । अनलाइन कक्षाको प्रभावकारीता बढ्दै गएको र इन्टरनेटले राम्रो काम गर्दै गएमामा सबै कक्षाहरु सञ्चालन गर्ने भएको लामाले बताउनुभयो ।

जिल्लाका सरकारी विद्यालयका गतिविधि भने लकडाउनपछि ठप्प छ । सरोकारवाला निकायले अनलाइन माध्ययमबाट विद्यालय सञ्चालन गर्न अहिलेसम्म कुनै ध्यान नदिएको अभिभावकहरुको भनाइ छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.