बाटो बन्द हुँदा खाद्यान्न ढुवानीमा समस्या: उत्तरी गोरखाका गाउँहरुमा खाद्यान्न अभाव

गोरखा- निषेधाज्ञाका कारण दुई महिनादेखि खाद्यान्न ढुवानी हुन नसकेको उत्तरी गोरखामा दुई साता अघिको बाढीले आवतजावत ठप्प हुँदा खाद्यान्न अभाव हुन थालेको छ ।

कोरोना संक्रमणको डरले खच्चडबाट खाद्यान्न ढुवानी बन्द गरिएको र अहिले बाढी पहिरोका कारण बाटो बन्द हुँदा ढुवानी रोकिएको स्थानीयले बताएका छन् ।

स्थानीय बजारमा पनि अहिले खाद्यान्न छैन ।

बाटो पनि नहुने हो भने अब खाने कुराको क्षेत्रमा अभाव हुने चुमनुब्री- ४ का लाक्पाडुण्डुप लामाले बताउनु भयो ।

चामल, नुन, तेल स्थानीय बजारमा अभाव हुन थालेको लामाको भनाइ छ ।

तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको चुमनुब्री र सँगैको धार्चे गाउँपालिकालाई खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले अनुदानमा चामल बिक्री गर्ने गर्छ ।

धार्चेको माछाखोला र चुमनुब्रीको सिर्दिबासका डिपोबाट अनुदानको चामल बिक्री हुँदै आएको छ ।

नेपाल सरकारले सिर्दिबास डिपोका लागि तीन हजार पाँच सय र माछाखोला डिपोका लागि पाँच सय क्विन्टल चामल यो वर्ष लैजाने योजना बनाएको थियो । तर अहिलेसम्म सिर्दिबास डिपोमा दुई हजार सात सय सात क्लिन्टल मात्र पठाइएको छ । यो मध्ये पनि करिब पाँच सय क्विन्टल डिपोमा पुगेको छैन ।

चुमनुब्री गाउँपालिका वडा नं. ४ का अध्यक्ष पेमा डुण्डुप लामाका अनुसार नाम्रुङ जाने बाटो सुक्साममा काठेपुल बगाएको छ ।

गप हुदै छाक जाने बाटो र गप हुँदै क्वाक जाने बाटो, बिही हुदै प्रोक जाने बाटो र बुर हुदै प्रोक जाने बाटो, अबरुद्ध भएका छन ।

यी बाटो स्थानीयबासीको श्रमदानबाट मर्मतसम्भार भएको छ ।

बाटो मर्मत गर्ने क्रममा पहिरो खस्दा छ जना घाइते समेत भएका वडाअध्यक्ष लामाले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.