एमाले स्थायी कमिटी बैठक असार २८ गतेसम्मका लागि स्थगित

काठमाडौं- नेकपा (एमाले) स्थायी कमिटी बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ ४ बजेका लागि बोलाइएको बैठक असार २८ गतेसम्मका लागि स्थगित भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

एमाले विवाद समाधानका लागि गठित कार्यदलका सहमति अनुमोदनका लागि बैठक बोलाइएको थियो । तर, सिंहदरवारमा जारी कार्यदल बैठकले सहमति घोषणा गर्न नसकेपछि स्थायी कमिटी बैठक नै रोकिएको हो ।

बिहान १० बजेदेखि सुरु भएको कार्यदल बैठक अझै चलिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.