माओवादी केन्द्र खारेज गर्न निर्वाचन आयोगद्वारा अस्वीकार

काठमाडौं– निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र खारेजको निर्णय गर्न अस्वीकार गरेको छ ।

अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा दिएको निवेदन उपर निर्णय गर्न बसेको बैठकले माओवादी केन्द्रले संवैधानिक तथा कानूनी शर्त पूरा गरेको ठहर गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । ​प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरु सगुन शमशेर जबरा, जानकीकुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त बैठकले आइतबार पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको निर्णयसमेत गरेको हो ।

‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नामक राजनीतिक दल नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बनधी नियमावली, २०७४ ले व्यवस्था गरेका संवैधानिक तथा कानूनी शर्तहरु पूरा गरी यस आयोगमा दर्ता कायम रहेको देखिाएकाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को वैधानिकता सम्बन्धमा प्रश्न उठाई आयोगमा अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदन उपर केही गरिरहन परेन,’ आयोगको निर्णयमा भनिएको छ ।

माओवादी केन्द्रबाट एमालेमा समाहित हुनुभएका नेताहरुको उपस्थितिमा अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा दिएको निवेदन दिनुभएको थियो ।

आयोगले भविसोर पराजुलीले आफू नेतृत्वमा नेकपा माओवादी केन्द्र रहेको दाबी गरेको भन्दै त्यस्तो दल दर्ता नभएकाले अन्य दलको लेटरप्याड प्रयोग नगर्नसमेत सचेत गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.