५ जनाको परीक्षण गर्दा १ जना संक्रमित, नेपालमा १८३१ संक्रमित थपिए

काठमाडौं– नेपालमा गएको २४ घण्टामा ५ जनाको परीक्षण गराउँदा १ जनामा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा परीक्षण गराएकामध्ये २२.३ प्रतिशतमा संक्रमण देखिएको छ । गत २४ घण्टामा ५५३५ जनाको पीसीआर र ३६८३ जनाको एन्टीजेन गरी ९२१८ जनाको परीक्षण गराउँदा १८३१ जनामा संक्रमण पुष्टि भएको हो । १२३७ जनाको पीसीआर विधिबाट र ५९४ जना एन्टीजेन विधिबाट गरिएको परीक्षणमा संक्रमित भएका हुन् ।

गत २४ घण्टामा १५३३ जना संक्रमणमुक्त भएका छन् भने २० जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा २६३ जना काठमाडौंमा, ९७ जना ललितपुर र ३१ जनाको भक्तपुरमा गरी ३९१ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.