प्रेस काउन्सिल क्षेत्राधिकार बाहिर जाँदैनः अध्यक्ष बस्नेत

काठमाडौं– प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिल आफ्नो क्षेत्राधिकार बाहिर नजाने स्पष्ट पार्नुभएको छ ।

काउन्सिल र नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको संयुक्त आयोजनामा काठमाडौंमा आइतबार भएको कार्यक्रममा अध्यक्ष बस्नेतले क्षेत्राधिकार नतोड्ने बताउनुभएको हो । ‘काउन्सिल क्षेत्राधिकार बाहिर जान्छ कि भन्ने चासो र चिन्ता लिनु आवश्यक छैन,’ उहाँले भन्नुभयो, ‘हामी राज्यले बनाएको संविधान, ऐन र नियमभित्रै रहन्छौं ।’

बस्नेतले आचारसंहिता पालना गर्नु सबैभन्दा उत्तम रहेको बताउँदै तर स्वस्थ्य पत्रकारिता भएको छ कि छैन भन्ने मूल्यांकन गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले नेपालमा आचारसंहिता उल्लंघनका दर्जनौं उदाहरण प्रस्तुत गरेपछि अध्यक्ष बस्नेतले भन्नुभयो, ‘हाम्रो पत्रकारिता छ पीत पत्रकारिता विकास भएको १८८५ कै अवस्थामा रहेछ, सुधारिएको रहेनछ, हामीले राम्रो काम गरिरहेको दाबी गरे पनि नागरिक प्रताडित भएका रहेछन्, अब यो समस्यालाई कसले हेर्ने त ?’

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संकटका बेला पत्रकारिताको महत्त्व झनै बढी रहेको उल्लेख गर्दै कानूनबाट शासित हुनुअघि आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झासहित महासंघका सल्लाहकार निर्मला शर्मा र ईकागज डट कमका प्रधान सम्पादक हरिबहादुर थापा, प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले आचारसंहिता पालनामा कडाइ भए सञ्चार क्षेत्रप्रति नागरिकको विश्वसनीयता वृद्धि हुँदै जाने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.