गोरखापत्र संस्थानका लागि दुईजना सल्लाहकार नियुक्त

काठमाडौं- गोरखापत्र संस्थानका लागि दुईजना सल्लाहकार नियुक्त हुनुभएको छ ।

बुटवल उपमहानगरपालिका ९ रुपन्देहीका दीपक ज्ञवाली संस्थानको व्यवस्थापन, आर्थिक र प्रिन्टिङ सम्बन्धी सल्लाहकारमा दुई वर्षका लागि नियुक्त हुनुभएको छ ।

संस्थान ऐन २०१९ को दफा १४ को उपदफा १ बमोजिम ज्ञवाली नियुक्त हुनुभएको सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

संस्थानको कानुनी सल्लाहकारमा कृष्णकुमार आङ्दाम्बे नियुक्त हुनुभएको छ । मिक्लाजुङ गाउँपालिका १, पाँचथर निवासी आङ्दाम्बे पनि दुई वर्षका लागि नियुक्त हुनुभएको हो ।

मन्त्रिपरिषदको असार २४ गतेको निर्णय अनुसार सल्लाहकारद्वय आइतबार औपचारिक रुपमा नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.