नारायणगढ-मुग्लिन सडक फेरी अवरुद्ध

चितवन- पहिरोका कारण नारायणगढ-मुग्लिन सडक फेरी अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६ कालीखोलामा सुक्खा पहिरो खसेपछि आज बिहान ४:४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सो पहिरो हटाई सडक खुलाउने प्रयास भइरहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.