ट्र्याक्टर दूर्घटनामा २ जनाको मृत्यु, २ जना घाइते

रौतहट- रौतहटमा ट्र्याक्टर दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छ्न् । मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका वडा न.-४ का २० बर्षीय गोविन्दा पटेल र २२ वर्षीय कोबिन्द पटेल रहेको प्रहरीले जनाएको छ ।

गएराती ११.४५ बजे ना ४ त १५०१ नम्बरको ट्राक्टरबाट खेत जोतेर घर फर्किने क्रममा नदी नियन्त्रण गर्न बनाइएको तटबन्धबाट करिब १० फिट तल खसेर सो दुर्घटना भएको हो ।

घाइतेको थप उपचारका लागी वीरगंज पठाएको र मृतकको शव परीक्षणका लागि गौर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले बताएका छ्न् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.