कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई  मंगलबार प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।

संवैधानिक इजलासको फैसला अनुसार राष्ट्रपतिले कांग्रेस संसदीय दलका नेता देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

नवनियुक्त प्रधानमन्त्रीको शपथ मंगलबार साँझ ६ बजे राष्ट्रपति कार्यालयमा तय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.