भारतमा ११८ दिनपछिकै सवैभन्दा थोरै सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा ११८ दिनपछिकै सवैभन्दा थोरै सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा अहिले थप ३१ हजार ४४३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएकासँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या चार लाख ३१ हजार ३१५ रहेको छ । यो सङ्ख्या पनि १०९ दिनपछिकै सवैभन्दा कम भएको बताइएको छ ।

अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको १.४० प्रतिशत रहेको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भारतमा तीन करोड ६३ हजार ७२० पुगेको छ । ती मध्ये पछिल्लो एक दिनमा ४९ हजार सात जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमित मध्ये अहिलेसम्म ९७.२८ प्रतिशत सङ्क्रमण मुक्त भएको पाइएको छ ।

महामारी नियन्त्रणका लागि भारतमा गत जनवरी १६ देखि खोप अभियान संचालन भइरहेको छ । अभियान अन्तर्गत अहिलेसम्म ३८.१४ करोड मानिसलाई खोप लगाइएको मन्त्रालयले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.