पूर्व राष्ट्रपतिलाई कैद गरिएपछि दक्षिण अफ्रिकामा भड्कियो हिंसा, ७२ जनाको मृत्यु

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई जेल चलान गरिएपछि भड्किएको हिंसामा परी ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ ।

एक हप्तादेखि जारी हिंसा नियन्त्रणमा लिन सेना परिचालन गरिएको छ । विरोधका क्रममा जोहान्सबर्गमा सपिंग मल लुटिएका छन् भने मूख्य सडकहरू अवरुद्ध गरिएको छ ।

हिंसा रोक्ने क्रममा प्रहरी र सेनासँग प्रदर्शकारीको विभिन्न सहरहरुमा भिडन्त भएको छ । प्रहरीले हिंसा भड्काउने १२ जनाको पहिचान गरिएको जनाएको छ । साथै प्रदर्शनमा सहभागी १२ सयभन्दा बढीलाई गिरफ्तार गरिएको छ ।

जुमाले प्रहरी समक्ष गत साता आत्मसमर्पण गर्नु भएको थियो । पूर्व राष्ट्रपति जुमालाई आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा प्रमाण पेश गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.