अमेरिका, बेलायत र भारत लगायतका मुलुकमा फेरि बढ्यो कोरोना संक्रमण

विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका लगायत केही युरोपेली मुलुकमा संक्रमण फेरि उकालो लाग्न थालेको छ ।

बेलायतमा गत महिना सम्ममा दैनिक दुई देखि ४ हजारको हाराहारीमा झरेको संक्रमण दर बढेर अहिले दैनिक ५० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा मात्रै बेलायतमा ५४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

बेलायतका स्वास्थ्य मन्त्री साजिद जाबेद नै संक्रमित बनेका छन् । दुबै खोप लिएका स्वास्थ्य मन्त्री जाबेदलाई सामान्य लक्षण मात्रै देखिएको बताइएको छ । खोप अभियान तीब्र रुपमा संचालन गरिएकाले मृत्युदर भने घटेको छ ।

बेलायतमा पछिल्लो २४ घन्टामा ४१ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । यसै गरी दक्षिण एसियाली मुलुक भारतमा निकै तल झरेको संक्रमण दर बढेर फेरि बढेको छ ।

भारतमा पछिल्लो २४ घन्टामा ४१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ५ सयभन्दा बढीको मृत्यु भएको छ । कोरोना संक्रमण निकै घटेको अमेरिकामा पछिल्लो २४ घन्टामा २३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

दैनिक १ सय जनाभन्दा बढी मानिसको मृत्यु भइरहेको छ । इन्डोनेसिया, ब्राजिल लगायतका केही मुलुकमा संक्रमण निरन्तर बढिरहेको अवस्था छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.