हंगेरी सरकारले नागरिकलाई तेस्रोपटक खोप लगाउँदै

हंगेरीले आफ्ना नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको खोप तेस्रो पटक लगाउन आह्वान गर्ने भएको छ ।

प्रधानमन्त्री भिक्टर अर्बानले शुक्रबार दिएको जानकारी अनुसार सरकारले आगामी अगस्टदेखि नागरिकहरुलाई खोपको तेस्रो मात्रा लगाउन आह्वान गर्ने भएको हो ।

तेस्रो मात्रा खोप लगाउन अनिवार्य नगरिने तर लगाउन चाहेकाहरुले भने लगाउन पाउने छन् । दोस्रो खोप लगाएको कम्तीमा चार महिनापछि मात्रै तेस्रो खोप लगाउन दिइने सरकारले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.