संक्रमितभन्दा निको हुने संख्या आधा, २४ घण्टामा ३२ जनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोना संक्रमितभन्दा निको हुने संख्या आधा कम रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११६६४ जनाको गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा २४४५ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२५८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ३२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९५८२ रहेको छ ।

नेपालमा कोरोना निको भएको दर ९४ दशमलव ७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.