विश्वमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो

कोरोना सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ८९ हजार १७५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ४ लाख ४१ हजार ६५४ जना रहेका छन् । विश्वभर तीन अर्ब ६३ करोड ६४ लाख ४४ हजार ४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

विश्वविद्यालयले जुलाई १९ मा प्रकाशित विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित र सबै भन्दा धेरै मृत्यु हुनेमा अमेरिका, भारत र ब्राजिलका रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.