नेपाल पक्षले भन्यो, ‘उत्तेजक गतिविधि बन्द गर’

काठमाडौं– नेकपा एमालेको माधव नेपाल पक्षले आफ्ना नेताहरुलाई लक्षित गर्दै अर्को पक्षबाट भएको उत्तेजक गतिविधि र नारावाजीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौंमा आज बसेको नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने, वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारावाजी गर्ने एवम् पुत्ला जलाउने काम भइरहेको भन्दै पार्टी अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराउने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

बैठकले नेताविरुद्धका उत्तेजक नारावाजी रोकेर पार्टी एकताका काममा लाग्न पनि ध्यानाकर्षण गराएको छ । बैठकमा सवै सदस्यको जोड पार्टी एकता हुनुपर्छ भन्ने रहेको नेताहरुको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा पार्टीले ह्वीप लगाउन नसक्ने र अरु विषयलाई जोडेर अहिले स्पष्टीकरण सोध्नुको औचित्य नभएको ठहर गरिएको नेताहरुले जानकारी दिनुभयो ।

एमालेभित्र देखापरेको असहज अवस्थाका बारेमा नेपाल पक्षका नेताहरुबीच छलफल भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.