वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

काठमाडौं- वरिष्ठ कलाकार उत्तम नेपालीको ८५ वर्षको उमेरमा आज निधन भएको छ ।

करिब तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग र अल्जाइमर्सबाट पीडित नेपालीको उपचारको क्रममा शिक्षण अस्पतालमा निधन भएको हो ।आधुनिक अमूर्त चित्रकलालाई नेपालमा विस्तार गर्नमा उहाँको योगदान ठूलो छ । उहाँले बनाउनुभएको शिवको ताण्डव नृत्यको चित्र महत्वपूर्ण मानिन्छ । कलासँगै, चलचित्र र साहित्यमासमेत उहाँको योगदान छ । उहाँले गीत र भजनसमेत लेख्नुभएको छ ।

साहित्यकार ध्रुवचन्द्र गौमत र शङ्कर लामिछानेसँग धेरै नजिक भएर काम गर्नुभएका नेपालीले नेपालको पहिलो चलचित्र ‘आमा’ र अर्को चलचित्र ‘हिजो आज भोलि’ मा अभिनय गर्नुभएको थियो । उहाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.