अबैध रुपमा भित्र्याइएको चाँदीका गहनासहित व्यवसायी पक्राउ

पर्सा- वीरगन्जको इन्‍ र्वाबाट पर्सा प्रहरीले ५ किलो भन्दा बढी तौलको चाँदीका गहनासहित एकजना कारोवारीलाई नियन्त्रणमा लिएको छ ।

इन्‍ र्वा नाकाबाट पैदलै नेपाल प्रवेश गरेका सप्तरीको राजविराज उपमहानगरपालिका वडा नं. २ मेघरा निवासी अंगद साहले बोकेको झोलाबाट चाँदीको गहना बरामद भएपनि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

रक्सौल नाकाबाट पैदलनै वीरगन्जतर्फ आउँदै गरेको साहलाई रजतजयन्ती चोकमा रोकेर चेक जाँच गर्दा ५ किलो ३ सय ३४ ग्राम तौल बराबरको चाँदीका गहना बरामद भएपछि साहलाई आवस्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरिक्षक बेलबहादुर पाण्डले जानकारी दिनुभयो ।

सप्तरी घर भई हाल चितवनको खैरेनि नगरपालिका वाड नं. २ मा श्रीया स्वलेर्सको नामले गहना पसल सञ्चालन गर्दै आएका साह भारतबाट गहना खरिद गरी लुकाइ छिपाई नेपाल भित्र्याउने र आफ्नो पसलमार्फत विक्री वितरण गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका कारोवारी साह र बरामद चाँदीका गहनालाई आवश्यक कार्यवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बारा पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.