नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल स्मृति दिवस आज मनाईंदै

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गर्दै ४३ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

पुष्पलालले विसं २००६ वैशाख १० गते नेपालमा पहिलोपटक कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो । कम्युनिष्ट पार्टीको स्थापनापछि पुष्पलालले साम्यवादी विचारधाराको प्रचार-प्रसार गर्न ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गर्नुभएको थियो । त्यसपछि उहाँले कम्युनिष्ट पार्टीलाई एकिकृत गर्दै संगठित गर्नुभएको थियो ।

त्यसैले पुष्पलाललाई नेपालमा माक्सवादी विचार फैलाउने प्रथम व्यक्तित्व र जनवादी क्रान्तिको कार्यक्रम अघि सार्ने सिद्धान्तकारका रुपमा लिने गरिन्छ । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.