लामै दुरीका यातायात सञ्चालनमा सहयोग गर्न गृहको पत्र

काठमाडौं– गृह मन्त्रालयले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न प्रहरी प्रधान कार्यालय नक्साल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

मंगलबार मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालसम्बन्धी अन्यन्त जरुरी सूचना प्रकाशित गर्दै यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

‘त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थीहरुको आवागमन समेतलाई ध्यानमा राखेर जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर मध्यम र लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आवश्यक सहजीकरण गर्न अनुरोध छ,’ गृहको पत्रमा लेखिएको छ ।

साउन ४ मा मन्त्रिपरिषद् बैठकबाट सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक निर्णय भएको उक्त पत्रमा उल्लेख छ । यता, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ललितपुरले लामो दूरीको सार्वजनिक यातायात सञ्चालनबारे शुक्रबार टुंगो लाग्ने बताएको छ ।

कोरोना महामारीको सङ्क्रमणको दोस्रो लहर नियन्त्रण र रोकथामको लागि काठमाडौं उपत्यकाभित्र र बाहिरी जिल्लाबाट सार्वजनिक यातायात प्रवेश गर्न दिइएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.