एक हजार ८५५ जनामा सङ्क्रमण पुष्टि, एक हजार २ सय ८८ सङ्क्रमित निको

काठमाडौं- पछिल्लो २४ घण्टामा एक हजार ८५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार १२२ जनामा आरटी पीसीआर परीक्षण र तीन हजार ७०७ जनामा गरिएको एन्टीजेन परीक्षणमा जम्मा १ हजार ८ सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार २८८ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।

योसँगै नौ हजार ६६१ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९४.६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.