नगरप्रमुख र उपप्रमुखको विवादले बजेट पारित हुन सकेन

जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको विवादले बजेटले पूर्णता पाउन सकेको छैन । नगरपालिको बजेटसहित सेवा प्रवाहका काम पनि प्रभावित भएका छन् । नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी न्यौपानेबीचको विवादका कारण आर्थिक वर्ष २०७८/७९ को बजेटसमेत आउन नसकेको जनाइएको छ ।

नगरप्रमुख सेजुवालले बहुमतले गत असार ३१ गते बजेट पारित गरिएको बताउनुभयो । नगर उपप्रमुख न्यौपानेले नगरपालिको बजेट पारित नभएको जानकारी दिनुभयो । वैधानिकरूपमा बजेटमा हुने छलफल हुन सकिरहेको अवस्था नरहेको कर्मचारी बताउँछन् ।

प्रमुख र उपप्रमुखको विवाद थेग्न नसक्दा नगरपालिकाका कर्मचारीलाई समेत काम गर्न कठिन भएको बताइएको छ । नगरपालिकाको राजश्व शाखामा राजश्व बुझाउन आएका सेवाग्राही पनि कठिन भएको बताउँछन् । राजश्व परामर्श समितिको बैठक नबस्दा राजश्व उठाउनसमेत कठिन भएको जनाइएको छ ।

आन्तरिक विवादका कारण नगरपालिकाले पछिल्लो तीन वर्षमा सार्वजनिक सुनुवाइसमेत गर्न सकेको छैन । नगरवासी नगरपालिकाले गरेका कामको जानकारी नभएको भन्दै आक्रोशित हुँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.