७ वटै प्रदेशमा युवा संजाल गठन गर्ने राष्ट्रिय युवा परिषद्को निर्णय

प्रदेश नं. २ मा बन्यो युवा संजालको नयाँ कार्य समिति

काठमाडौँ- नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय मातहतको राष्ट्रिय युवा परिषद्ले पाँच दिने प्रदेशस्तरीय र तीन दिने संघीय तहमा नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न गरेको छ।

योसँगै ७ ओटै प्रदेशमा एघार सदस्यीय कार्य समितिको प्रदेशस्तरीय युवा संजालहरु गठन हुने भएका छन । संजाल गठन गर्ने क्रममा भर्चुअल बिधीबाट आइतबार बसेको प्रदेश नम्बर २ कार्य समितिको बैठकले श्याम साहको नेतृत्वमा प्रदेश संजालको टुङ्गो लगाएको हो ।

प्रदेश संजालमा बाराका श्याम साहले संयोजकको भुमिकामा पदबहाली गर्नु भएको छ भने उपाध्यक्षमा सर्लाहीकी रन्जना नेपाल हुनुहुन्छ । त्यस्तै सचिवमा पर्साकी गङ्गा श्रेष्ठ , सहसचिवमा धनुषाका सबुरकुमार कुसवाह ,कोषाध्यक्षमा सिराहाका मो. नइम रैन सर्बसम्मत चयन हुनुभएको छ।

सदस्यहरुमा महोत्तरीबाट पुजा साह ,आभास ठाकुर, दिपक यादब ,सप्तरीबाट पन्केस राज कुसवाह ,सर्लाहीबाट स्मृति श्रेष्ठ ,रौतहटबाट अन्जुम बेगम लगायतको ११ सदस्यीय कार्य समिति रहने गरी संजाल गठन भएको छ।

कार्यक्रममा संघीय युवा संजाल प्रदेश न.२ का कार्यकारी इन्चार्ज रक्कीप्रसाद साह र राष्ट्रिय युवा परिषद सचिवालयका श्याम काजी खत्रीको उपस्थित रहेको थियो।

कार्यक्रममा प्रदेश संजालका सदस्यहरुले परिषदका श्यामकाजी खत्रीसँग विभिन्न विषयमा केन्द्रित रहेर अन्तरकृया र छलफल पनि गरेका थिए।

नवगठित संजालले परिषदको उदेश्य बमोजिम प्रदेशका ८ ओटै जिल्लामा गुणस्तरीय र व्यावसायिक शिक्षा ,रोजगारी उध्यमशिलता र सीप बिकास ,स्वास्थ्य र सामाजिक सुरक्षा ,युवा परिचालन सहभागिता र नेतृत्व बिकास ,खेलकुद र मनोरञ्जनलगायत बिषयमा केन्द्रित रहेर काम गर्नेछ ।

यसैगरी, प्रदेश,जिल्ला र विभिन्न पालिकाहरुसँग समन्वय गरी कार्यक्रम गर्ने र युवा परिचालनमा विशेष सहजिकरण गर्ने संजालका संयोजक साहले जानकारी दिनुभयो।

यो संजालको कार्यकाल २ बर्षको रहने राष्ट्रिय युवा परिषद ऐन- २०७२ मा उल्लेख गरिएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.